काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले केन्द्रीय सचिव भीमप्रसाद आचार्यमाथि सांघातिक हमला गर्ने लाई कारबाहि गर्न माग गरेको छ । क्रान्तिकारीका महासचिव दिपेश पुनले आज एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।
उनले कालिकोटको शुभकालिका गाउँपालिकाका दुई कर्मचारीले आचार्यलाई मरणासन्न हुनेगरी कुटेको जनाउँदै क्रान्तिकारीले दोषीलाई कानुनी कारवाहीको माग गरेको हो । राज्यले कारवाही नगरे संगठनले प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन्।
हिजो राति शुभाकालिका- ६ स्थित एक होटलमा खाना खाँदै गरेका आचार्यलाई गाउँपालिकाका कर्मचारी कृष्ण रोकाया र नवीन शाहीको समूहले ज्यान लिने नियतले आक्रमण गरेको क्रान्तिकारीले जनाएको छ ।
