आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

२० मध्ये ११ वाणिज्य बैंकले घटाए ब्याजदर

शुक्रबार, जेष्ठ ३२ २०८१

काठमाडौं ।  वाणिज्य बैंकहरूले असार महिनामा निक्षेपको ब्याजदर थपघट गरेका छन् ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ११ बैंकले ब्याजदर घटाएका छन् भने तीनवटाले बढाएका छन् । मुद्धति निक्षेपको औसतमा ०.१२ प्रतिशत विन्दुले ब्याजदर घटेको हो ।

नेपाल इन्भेस्टमेन्ट मेगा, स्ट्यान्डर्ड चार्टर्ड, कृषि विकास, नेपाल बैंक, सिद्धार्थ र प्रभु बैंकले असारमा पनि व्यक्तिगत मुद्धति निक्षेपको सीमा जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

कृषि विकास बैंकको सबैभन्दा न्यून ५.६६ प्रतिशत र एभरेस्ट बैंकको ५.७५ प्रतिशत ब्याजदर छ । हिमालयन बैंकले असारमा बढाएर ८.२५ प्रतिशत ब्याजदर पुर्‍याएको छ । त्यस्तै, नबिल बैंकले ७ प्रतिशत पुर्‍याएको छ ।

माछापुच्छ्रे बैंकले मुद्धति निक्षेपमा ब्याजदर बढाएर ७.५ प्रतिशत बनाएको छ । प्राइम, सानिमा, सिटिजन्स, एनएमबी, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई, लक्ष्मी सनराइज, ग्लोबल आइएमई, कुमारी र एनआईसी एसिया बैंकले भने ब्याजदर घटाएका छन् ।