काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुन चाँदीको मूल्य घटेको छ ।
आज सुनको भाउ तोलमा ४ सय रुपैयाँले घटेको महासंघले जनाएको छ ।
बिहीबार तोलाको १ लाख ४१ हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज शुक्रबार घटेर १ लाख ४१ हजार २ सयमा किनबेच भइरहेको छ ।
त्यस्तै तेजाबी सुन तोलाको १ लाख ४० हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
शुक्रबार चाँदी तोलाको १ हजार ८ सयमा कारोबार भइरहेको छ । बिहीबार तोलाको १ हजार ८ सय १० रुपैयाँ थियो ।