काठमाडौं पुुस, १७–
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यही पुुस १६ गते बैतडीको गोठलापानीमा एक कार्यक्रमका बीच बीमाजागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा पाटनन गरपालिकाका उपमेयर सरस्वती कोलिल गायत स्थानीय समाजसेवी, पत्रकार, धनगढी उद्योग वाणिज्य संघका प्रतिनिधीको उपस्थिती रहेको थियो ।
विशाल जनसमुदायको उपस्थिती रहेको उक्त कार्यक्रममा कम्पनीका महाप्रबन्धक कमलराज गौतम, कम्पनीका ब्राण्डएम्वेस्डर सिताराम कट्टेल “धुर्मुस” र कुञ्जना घिमिरे “सुन्तली” ले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए ।