आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सोमबार, जेष्ठ २८ २०८१

काठमाडौं । आज २०८१ साल जेठ २८ गते सोमबार सन् २०२४ जुन १० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

तीन दिनदेखि अमेरिकी डलर र कतारी रियालको मूल्य स्थित छ । अमेरिकी डलर, युरो र बेलायती पाउण्डको विनिमय दर भने सामान्य घटेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ७७ पैसा र बिक्री दर १४४ रुपैयाँ ४२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३४ पैसा र बिक्री दर १७० रुपैयाँ १० पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।