बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

अन्नपुर्ण केवल कार र प्रभु बैंकबिच सम्झौंता

बिहिबार, जेष्ठ २४ २०८१

काठमाठौं । अन्नपुर्ण केवल कार र प्रभु बैंकबिच सम्झौंता भएको छ । पोखराको लेकसाइड सेदीबगरमा अवस्थित अन्नपूर्ण केबलकार प्रा.लि र प्रभु बैंक लिमिटेड बीच केबलकार सेवामा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता अनुसार केबलकारको टिकटमा प्रभु बैंकका कर्मचारीलाई २५ प्रतिशत छुट हुनेछ । यस्तै, बैंकका ग्राहक तथा क्रेडिट कार्ड, डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशत छुट प्रदान गरिनेछ ।

अन्नपूर्ण केबलकारको तर्फबाट मार्केटिङ म्यानेजर अरुण कोइराला र प्रभु बैंक लि. को तर्फबाट म्यानेजर गणेश सुवेदीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । अन्नपूर्ण केबलकार प्रा.लि. पोखराको लेकसाइड सेदीबगरदेखि कास्कीको सराङकोटसम्म केबलकार सेवाप्रदान गर्दै आएको छ ।