बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

तिनकुनेस्थित एक घरमा लागेको आगलागी नियन्त्रणमा

बुधबार, जेष्ठ २३ २०८१

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित मदन भण्डारी स्मृती पार्कमा जेठ २३ गते भएको आगलागी सशस्त्र प्रहरी, अन्य सुरक्षा निकाय र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा लिएको छ ।

सोही ठाउँमा रहेको जीवन रेग्मीको ४ तल्ले घरमा दिलीप कुमार शाहले संचालन गर्दै आएको चाउचाउ, विस्कुट गोदाममा ग्याँस लिकेज भई आगलागी भएको बताईएको छ ।

आगलागी नियन्त्रणको लागि नं. २० विपद् उद्धार गण सिनामंगलबाट खटिएको सुरक्षा फौज सकृयताकासाथ जुटेको थियो ।