काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन छ दशमलव २२ अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने पाँच दशमलव ५८ अंकले घटेर दुई हजार ७९ दशमलव ७१ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ४१ अंकले घटेर तीन सय ७१ दशमलव ६१ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय छ वटा कम्पनीहरुको ४९ हजार सात सय ३३ पटकको कारोबारमा ८० लाख ४२ हजार सात सय ६७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ९९ करोड २९ लाख ७६ हजार चार सय ९२ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा चार वटा समुहहरुको सुचक बढेको छ भने बाँकी समुहहरुको सुचक घटेको छ । जसमध्ये फाईनान्स समुहको सुचक दुई दशमलव शुन्य नौं अंंकले बढेर २२ सय चार दशमलव शुन्य नौं अंकमा चढेकोमा लघुवित्त समुहको सुचक पनि ६० दशमलव शुन्य सात अंकले बढेर चार हजार छ सय १४ दशमलव शुन्य तीन अंकमा चढेको छ । यसैगरी उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेको छ भने लगानी समुहको सुचक स्थिर रहेको छ । बाँणिज्य बैंक समुहको सुचक भने आज सात दशमलव ४५ अंकले घटेर ११ सय १७ दशमलव १९ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि १२ दशमलव ६१ अंकले घटेर चार हजार ६२ दशमलव शुन्य दुई अंकमा झरेको छ । यसैगरी जलबिद्युत समुहको सुचक पनि १६ दशमलव १६ अंकले घटेर २४ सय ८२ दशमलव ३० अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ५५ दशमलव ४८ अंकले घटेर १० हजार एक सय ४२ दशमलव ८६ अंकमा झरेको छ । निर्जीवन बीमा समुहको सुचक पनि २६ दशमलव २२ अंकले घटेर १० हजार छ सय आठ दशमलव ३२ अंकमा झरेकोमा होटल तथा पर्यटन, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा भगवती हाईड्रो पावर डेभलममेन्ट कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा स्थानमा अपर लोहोरे खोला जलबिद्युत लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ ।