काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–४ भालुफाँटास्थित सडकमा म.प्र.०३–००२ ख ००११ नम्बरको ट्रक र सु.प.प्र.०१–०११ प ४४४३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–१ बस्ने २३ वर्षीय कमल तिरूवाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखड हुँदै निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी कैलालीको चुरे गाउँपालिका–३ भक्तपुरस्थित सडकमा भे.२ त १५१६ नम्बरको ट्याक्टरलाई सु.प.प्र.०१००२ त ५२७८ नम्बरको ट्याक्टरले मंगलबार दिउँसो ठक्कर दिँदा भे.२ त १५१६ नम्बरको ट्याक्टर चालक डोटी जोराईल गाउँपालिका–४ बस्ने २० वर्षीय हेमन्त रावलको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका भे.२ त १५१६ नम्बरको ट्याक्टरमा सवार २ जनालाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी पठाइएको छ । सु.प.प्र.०१००२ त ५२७८ नम्बरको ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सर्लाहीको हरिवन नगरपालिका–१० सुखे पोखरीस्थित सडकमा ना.६ ख ४९८९ नम्बरको ट्रकले ना.६४ प ६०२५ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालक बागमती नगरपालिका–२ डुमरी टोल बस्ने २० वर्षीय दिपशरण चालिसेको घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी सर्लाहीको बागमती नगरपालिका–१ मिलनचोकस्थित सडकमा बा.९१ प९३६२ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार बारा कोल्हबी नगरपालिका–१ बस्ने ६५ वर्षीय निल बहादुर प्रसाईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जयन्ती अस्पताल नयाँरोड हुँदै एलएस न्यूरो बारामा थप उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो।
डोटीको जोरायल गाउँपालिका–१ खडिनास्थित सडकमा दार्चुलाबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०१ ००१ ज १४८९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ९० फिट तल खसेर बुधबार बिहान दुर्घटना हुँदा जिपमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाइते भएकी दार्चुला लेकम गाउँपालिका–६ बस्ने २६ वर्षीया भावना ओड पार्कीकी छोरी ३ वर्षीया रितिका पार्कीको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपका चालक समेत ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।