बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बुधबार, जेष्ठ २३ २०८१

काभ्रे । पनौती नगरपालिका–५ सुन्दरबस्ती बस्ने ८१ वर्षीय राम बहादुर केसीको घरमा करेन्ट सर्ट भई मंगलबार बिहान आगलागी हुँदा नगद ३ लाख रूपैयाँ, ३ तोला बराबरको सुनको गहना, अन्नपात, जिन्सी सामान र भाँडावर्तन गरी करिब १९ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।