शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

राष्ट्र बैकद्धारा दुई वटा भुक्तानी प्रदायक कम्पनीको खाता रोक्का

मंगलबार, जेष्ठ २२ २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा भुक्तानी प्रदायक सेवा कम्पनीको खाता रोक्का गरेको छ । राष्ट्र बैंकका अनुसार अनुमतिपत्रप्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरु पेवेल नेपाल प्रा.लि., अनामनगर, काठमाडौं र सजिलो पे पेमेन्ट सर्भिसेज प्रा.लि., बालुवाटार, काठमाडौंको खाता रोक्का गरिएको हो ।

राष्ट्र बैकले पत्र मार्फत भनेको छ, ति कम्पनीहरुबाट भईरहेका कारोवारहरु नियामकीय अनुपालना सम्बन्धी छानविनको क्रममा रहेको हुँदा उपर्युक्त संस्थाहरुको बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरु अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको हो । यसबाट ग्राहकहरुमा पर्न जाने असुविधालाई सम्बोधन हुने गरी यथाशीघ्र छानविन सम्पन्न गरिने राष्ट्र बैंकको भनाई छ ।