काठमाडौं। भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ। बिहान ८ बजेदेखि सुरु भएको मतगणनामा भारतीय जनता पार्टी नेतृत्वको एनडीए अगाडि देखिएको छ।
अहिलेसम्म करिब ५०० सिटको शुरुवाती रुझानमा एनडीएको २७० र कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनको २०० सिटमा अगाडी रहेको छ ।
भारतमा लोकसभाको निर्वाचन १९ अप्रिल देखि १ जुनसम्म गरि सात चरणमा भएको थियो । जसमा २८ राज्य र ८ केन्द्र शासित प्रदेशका ५४२ सिटमा लगभग ६५.१४ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।