बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

करिब तीन सय किलोग्राम गाँजा बरामद

सोमबार, जेष्ठ २१ २०८१

उदयपुर । बेलका नगरपालिका–८ स्थित सिसौलिघाट जंगलबाट अवैध लागूऔषध गाँजा करिब ३ सय किलोग्राम आइतबार बेलुकी प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र सशस्त्र प्रहरी वेश क्याम्प डुढ्खोलाबाट खटिएको संयुक्त टोलीले गस्ती गर्दै जाने क्रममा बेवारीसे अवस्थामा लुकाई छिपाई राखिएको उक्त गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।