बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

प्राइम कमर्सियल बैंकको शाखा भक्तपुरको सूर्यबिनायकमा

आइतबार, पुष ८ २०७५

काठमाडौं, पुस ८
आफ्नो शाखा संजाल बिस्तारको क्रममा आज प्राइम कमर्सियल बैंक लिमिटेडले भक्तपुरको सूर्यबिनायक नगरपालिकामा शाखा शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बंैकका कुल शाखा संख्या ६७ पुगेको छ ।
स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आईतबार एक समारोहका विच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले शाखा कार्यालय भतmपुरको सूर्यबिनायकमा समुद्घाटन गरेका हुुन । यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेको छ ।
साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त,आत्मीय र ग्राहकमुखी बनाउने जानकारी दिएको छ ।