काठमाडौं पुुस, ४–
आज बुुधबार पनि नेप्से सुचक तथा कारोबार रकम दुुबै नै घटेका छन् । नेप्से पाँच दशमलव ४६ अंकले घटेर ११ सय ६२ दशमलव ७० अंकमा झर्दा सेन्सिटिभ पनि एक दसमलव २६ अंकले घटेर दुुई सय ४७ दशमलव ३३ अंकमा झरेको छ । आज कुल एक सय ५८ कम्पनीहरुको चार हजार चार सय ५२ वटा कारोबारमा १३ लाख दुुई हजार आठ सय २२ कित्ता सेयर किनबेच भएका छन् भने सेयर कारोबार रकम ३८ करोड ७२ लाख ९२ हजार नौ सय आठ रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोबार भएकोमा छ वटा समुहले गुुमाए पनि बिकास बैक, फाईनान्स, निर्जिवन बीमा र उत्पादनमुुलक समुहले कमाएका छन् । गुुमाउने समुुुहमा परेको वाणिज्य बैंक समुहको सुचक भने आठ दशमलव ६५ अंकले घटेर एक हजार २२ दशमलव ४२ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम १८ करोड ४६ लाख ६८ हजार रुपैयाँ पुुगेको छ । जलबिद्युत समुहको सुचक पनि दुुई दशमलव १३ अंकले घटेर ११ सय ९१ दशमलव २७ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम एक करोड सात लाख ५४ हजार दुुर्ई सय रुपैयाँ पुुगेको छ । यसैगरी जीवन बीमा, होटल, अन्य र लघुबित्त समुहले पनि आज गुुमाएका छन् ।
कमाउने कम्पनीको सुचीमा आज कावेली बिकास बैंक, बिजय लघुुबित्त बित्तीय संस्था आदि परेका छन् भने गुुमाउने कम्पनीहरुको सुचीमा आङादी ग्रुुप पापर कम्पनी, हिमालयन बैंक आदि परेका छन् । यसैगरी रकम कारोबार भएको आधारमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, एनएमबी बैंक आदि अग्रस्थानमा परेका छन् ।