बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

हिमालयन बैंक र स्टार हस्पिटलबीच सम्झौता

सोमबार, पुष २ २०७५

काठमाडौं पुस, २
हिमालयन बैंक लिमिटेड र चिरायू अस्पताल बसुन्धारा, काठमाडौंबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार चिरायू अस्पतालले हिमालयन बैंकद्वारा जारी भएका विभिन्न ब्राण्डका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डधारी ग्राहकहरुलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने छ । 
सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा र चिरायू अस्पतालका तर्फबाट संचालक चण्डेश्वरा नन्द राज वैद्यले हस्ताक्षर गरेका छन् । कार्ड कारोबारमा धेरै अनुभव भएको, प्रतिष्ठित, सुरक्षित, सबै भन्दा धेरै ब्राण्डका कार्डहरु जारी तथा आफ्ना बृहत संजालहरुमा सबै भन्दा धेरै प्रकारका कार्ड स्विकार गर्ने बैंक हिमालयन बैंक र नेपालको प्रतिष्ठित निजी क्षेत्रको अस्पताल, चिरायू अस्पतालबीच भएको उक्त सम्झौताले दुवै संस्थाका ग्राहकहरुलाई सुविधा पुग्ने विश्वास गरिएको छ ।