काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएर नयाँ रेकर्ड बनाएको छ ।
गत बिहीबार त्यसअघिका सबै रेकर्ड तोडेर प्रतितोला १ लाख ४० हजार पुगेको सुन शुक्रबार ७ सय घटेको थियो ।
आज फेरि तोलामा १ हजार ६ सय रुपैयाँ बढेर १ लाख ४० हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपाली बजारमा पनि असर परिरहेको छ ।
चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ ।
अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९१० पुगेको छ ।