बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

१४ औं महाधिवेशनमा सभापतिमा उठ्ने शशांक कोइरालाको घोषणा

बिहिबार, मंसिर २७ २०७५

काठमाडौं मंसिर, २७–
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टी सभापतिमा उठ्ने घोषणा गरेका छन् । महाधिवेशन आउन करिब दुई वर्ष बाँकी रहदा महामन्त्री कोइरालाले त्यस्तो घोषणा गरेका हुरन् । 
बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकारसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले अगामी १४औं महाधिवेशनमा आफू सभापति पदमा उठ्ने घोषणा गरेका हुन् । उनले कांग्रेस संस्थापक एवं आफ्ना पिता विपि कोइरालाको सपना पुरा गर्न पनि आफू सभापतिमा उठ्न लागेको खुलासा गरे । 

मेडिकल क्षेत्र छोडेर राजनीतिमा लाग्नुको कारण विपिको सपना पुरा गर्नु नै भएको उनको भनाइ थियो । शशांक लामो समय मेडिकल क्षेत्रमा सेवा गरेपछि त्यो छोडेर सक्रिय राजनीतिमा आएका हुन् ।

कांगेस नेता तथा कार्यकर्ताले आफूलाई पार्टीको सभापति पदमा उठ्न सुझाव दिइरहेको उनले बताए । ‘साथीहरुले तपार्इं सभापति हुनुपर्छ भन्नुभएको छ,’ डा।कोइरालाले भने । कांग्रेस महाधिवेशन आउन अझै दुई वर्ष बाँकी छ । महाधिवेशन आउँदासम्म सभापति शेरबहादुर देउवालाई सहयोग गरेर अगाडी बढ्ने उलने बताए ।

कांग्रेस महासमिति बैठक शुक्रबारदेखि काठमाडौंमा शुरु हुँदैछ । यस अघि १३ मंसिरदेखि केन्द्रीय कार्यसमितिको बैठक चलिरहेको छ । यसक्रममा पनि डा.कोइरालासहित शेखर कोइराला र सुजाता कोइरालाले पटक पटक बैठकहरु गरेका थिए । उनीहरुले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरहरुसँग पनि छलफल गरेका थिए ।

महासमिति बैठकमा सहभागि हुन देशभरबाट आएका सदस्यहरुलाई अहिलेदेखि नै प्रभावित पार्न डा.कोइराला सभापतिमा उठ्ने उद्घोष गरेको कतिपयको बुझाई छ ।