बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

‘उपेक्षित समूदायको हक, अधिकार सुनिश्चित गर्न संविधान संशोधन आबश्यक छ’: प्रचण्ड

बिहिबार, मंसिर २७ २०७५

काठमाडौं मंसिर, २७–
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्ने बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले 
 राष्ट्रिय जनता पार्टी  नेपालले तत्काल संविधान संधोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइरहेका बेला यस्तो बताएका हुन् । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उत्पीडित वर्ग, जाति र समूदायको हक अधिकारलाई सुनिश्चित गर्न पनि परिमार्जन र संशोधनको प्रक्रियाबाट गुज्रिदै संविधानलाई पूर्णता दिनुको विकल्प नरहेको  प्रष्ट पारे । 
उनले भने, ‘उत्पीडित समूदाय र सहिदहरुको सपना पूरा गर्ने दिशामा शान्तिपूर्ण ढंगले संघर्ष गर्दै अघि बढनुको विकल्प छैन ।’

 उपेक्षित समूदायको हक, अधिकार सुनिश्चित गराउन संविधानमा संशोधन र परिमार्जनको ठाउँ खुला रहेको अध्यक्ष दाहालको भनाइ छ ।