काठमाडौं मंसिर, २४–
बंगलादेशमा नै प्रतिवन्ध लगाईएको प्रान जुुस नेपाली बजारमा खुुलेआम बिक्री बितरण भईरहंदा पनि नापतौल तथा गुुणस्तर बिभाग मौन बसेको छ । प्रानले दुुषित पानीमा चिनी र रसायन मिसाएर लिचीको फ्रेस जुुस भन्दै मानव स्वास्थमा गम्भिर खेलवाड गरिरहेको छ । तर उक्त जुुुसको गुुणस्तर मापन गर्ने कारबाही गर्ने निकाय मौन बसिदिंँदा आम नेपाली जनता लिची जुुस सेवन गरेकै आधारमा दीर्घरोगी बन्दै गएका छन् ।
प्रानको लिची जुुस बिशेष गरी बच्चा र युवाहरुमा लोकप्रिय छ । तर यो जुुस मन्द बिष भएको र यसले मानव शरीरको मृगौला, कलेजोलगायतका अंगहरुलाई हानी गर्ने खराब रसायनहरु भएको आरोप श्रोतले लगाएको छ ।
केही जानकारहरुले त प्रान लिची जुसलाई रक्सी बराबर भन्ने टिप्पणी गरेका छन् । भन्सार कार्यालय, उद्योग विभाग, नापतौल तथा गुणस्तर विभागलगायतका निकायमा सेटिङ मिलाएर गैरकानूनी ढंगले व्यापार गरिरहेको बंगलादेशी ब्राण्ड प्रानले लिच्ची जूसमा निकै ठूलो फट्यार्इं गरेको दावी श्रोतले गरेको छ । निजी क्षेत्रका केही खाद्य प्राविधिकहरुको पहलमा भएको प्रानको शुद्धता जाँचको क्रममा लिच्ची जूसमा हदैसम्म फट्याईं भएको पाइएको छ । श्रोतका अनुसार प्रानले सुरुवाती दिनहरुमा गुणस्तरीय लिच्ची जुस पठाउने गरेको थियो, यसैका कारण छोटो समयमै यसले राम्रो बजार लियो । जब बजारमा लोकप्रिय भयो, त्यसपछि नेपाल पठाइएका जूसहरु खानै नहुने र उपभोक्ता स्वास्थ्यमा गम्भीर असर गर्ने खालका छन् ।
पछिल्लो समय नेपाली बजारमा पठाइएका जुसको बोतलमा १० प्रतिशत पल्प (लिच्चीको दाना माथिको सेतो भाग) रहेको भनिए पनि एक प्रतिशतसमेत त्यस्तो पदार्थ नरहेको पाइएको खाद्य प्राविधिकहरुको जाँचको क्रममा फेला परेको छ । ‘प्रानले लिच्ची जूसको नाममा पानीमा चिनी घोलेर नेपाल पठाइरहेको छ, हामी नेपालीले समेत त्यसैलाई लिच्ची जूस भनेर पिइरहेका छौ ।’ ती प्राविधिकले स्वदेशमै उत्पादित पल्प हालिएको लिच्ची जूस र प्रानको लिच्ची जूस शिशाको ग्लासमा हाली फरक देखाउँदै भने–‘नांगो आँखाले हेर्दै पनि थाहा हुन्छ । पल्प हालिएको जुस पानीजस्तो सङ्लो नहुुने दावी पनि श्रोतले गरेको छ ।
सोही आधारमा सरकारी निकायहरुले प्रानको गैरकानूनी धन्दा र उपभोक्ता स्वास्थ्यमाथिको खेलवाडको बिषयमा शीघ्र छानबिन गर्नुुपर्ने माग गर्न थालिएकोछ ।
प्रानका सबै उत्पादन खानलायक नरहेका, एमआरपी नलेखी जथाभावी नेपाल भित्रिरहेको र यसले स्वदेशी उत्पादनलाई विस्थापित गर्न सक्ने भन्दै यस्ता अखाद्य जुुसहरुको आयात नै रोक्नुपर्ने माग पनि स्रोतले गरेको छ । आजको अमृतबजार साप्ताहिकमा खबर छ ।