काठमाडौं मंसिर, २०–
गण्डकी बिकास बैंक र सुर्य लाईफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ । दुुबै कम्पनीहरुबीच बीमा व्यवसाय बिस्तार गर्ने उदेश्यअनुुरुप बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार गण्डकी बिकास बैंकका सम्र्पुुण ग्राहकहरुले मुुलुकभर फैलिएका ७७ वटै शाखा कार्यालयहरुबाट बीमालेखहरु लिन, बीमा शुल्क भुक्तानी गर्न तथा बीमा दावी भुक्तानी सम्वन्धी सुबिधाहरु बैंकका शाखाहरुबाट लिन सक्नेछन् ।
सम्झौतामा बैंककातर्फबाट प्रमुुख कार्यकारी अधिकृत रशेम बहादुर थापा र इन्स्योरेन्सका प्रमुुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेकाछन् । कार्यक्रममा बैैंकका नायव प्रमुुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्मा तथा इन्स्योरेन्सका नायब मेनेजर सुमना न्यौपाने समेतको सहभागिता रहेको थियो । बैंकले वित्तिय पहुचलाई उच्च प्राथमिकता दिदै हिमाल, पहाड र तराईका जनताहरुलाई सहज र सरल रुपमा आफ्ना ७७ वटा शाखाहरुबाट पूर्ण बैकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ । बंैकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ दरमा कर्जा प्रवाह गर्नुको साथै एबिबिएस, एटिएम, सि—आस्वा, मोवाईल बैकिङ्ग सेवा, लघुवित्त सेवा, रेमिट्यान्स सेवा सहितको पूर्ण बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
बैंकले आ.व. २०७५—०७६ को प्रथम त्रैमासमा संचालन मुनाफा १५ करोड ३० लाख आर्जन गर्न सफल भएको छ । सोही अवधीसम्म निक्षेप २३ अर्ब ७२ करोड र कर्जा तर्फ २१ अर्ब २४ करोड पु¥याएको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको छ ।