बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सेयर बजारमा २२ अंकको भिषण पहिरो

बुधबार, मंसिर १९ २०७५

काठमाडौं मंसिर, १९–
अघिल्लो दिन हरियो देखिएको सेयर बजार आज बुुधबार पुरै रातो देखिएको छ । नेप्से आज २२ दशमलव आठ अंकले घटेर ११ सय १८ दशमलव १९ झरेको छ भने भने सेन्सिटिभ चार दशमलव ९१ अंकले घटेर दुुई सय ३७ दशमलव ७८ अंकमा झरेको छ । आज एक सय ५६ कम्पनीहरुको चार हजार तीन ६८ वटा कारोबारमा ११ लाख ६८ हजार दुुई सय ३३ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ३७ करोड ७२ लाख ८६ हजार दुुई सय ७९ रुपैयाँको कारोबार भएको छ । 
आज १० वटा समुहको कारोबार भएकोमा सबै समुहको सुचक घटेको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक १५ दशमलव २२ अंकले घटेर नौ सय ८६ दशमलव एक अंकमा पुुगेको छ भने सेयर कारोबार रकम २२ करोड ४० लाख १६ हजार रुपैयाँ पुुगेको छ । बिकास बैंक समुहको सुचक ३३ दशमलव ८८ अंकले घटेर १४ सय छ दसमलव ५५ अंंकमा पुुगेको छ भने सेयर कारोबार रकम पाँच करोड २६ लाख एक हजार दुु्ई सय रुपैयाँ पुुगेको छ । आज जलबिद्युुत समुहको सुचक पनि २१ दशमलव चार अंकले घटेर ११ सय ५२ दशमलव ३८ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम ६९ लाख ५६ हजार ६० रुपैयाँ पुुगेको छ । निर्जिवन बीमा, लघुबित्त, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि घटेर रातै भएकाछन् ।  
कमाउने कम्पनीहरुको सुचीमा आज हाथ्वे फाईनान्स, दिव्येश्वरी हाईड्रो पावर लगायतक कम्पनीहरु परेकाछन भने गुमाउने कम्पनीहरुको सुचीमा राधी जलबिद्युुत कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली आदि परेकाछन् । यसैगरी कारोवार रकमका आधारमा भने नेपाल बैंक, एनआईसी एशिया बैंक आदि परेकाछन् ।