आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

अन्तरदेशीय विद्युतीय भुक्तानीको सीमा नहुने

आइतबार, बैशाख ९ २०८१

काठमाडौं । अन्तरदेशीय विद्युतीय भुक्तानीमार्फत नेपालतर्फ भुक्तानी गर्दा कुनै सीमा कायम नगरिने भएको छ ।

नेपाल राष्ट्र बैङ्कले अन्तरदेशीय विद्युतीय भुक्तानीमार्फत नेपालतर्फ भुक्तानी गर्दा कुनै सीमा कायम नगर्ने प्रस्ताव अगाडि सारेको छ ।

अन्तरदेशीय भुक्तानी कारोबारका लागि क्युआर प्रयोग गरी मोबाइलरइन्टरनेट बैङ्किङ तथा अन्तरबैङ्क रिटेल पेमेन्टसम्बन्धी व्यवस्थाको मस्यौदामार्फत तयार गरी नेपाल भित्रिने भुक्तानीमा सीमा हटाउन लागिएको हो ।

नेपाल राष्ट्र बैङ्कले क्युआर कोडमार्फत हुने अन्तरदेशीय भुक्तानीका लागि क्युआर कोडलगायतको प्रयोग गरी मोबाइल बैङ्किङ/इन्टरनेट बैङ्किङ तथा अन्तरबैङ्क भुक्तानीमार्फत गरिने रिटेल पेमेन्टसम्बन्धी मस्यौदा तयार पारेको छ ।

-गोरखापत्र