बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

माईती गएर फर्किएकी तामाङ तीन दिनदेखि बेपत्ता

आइतबार, मंसिर १६ २०७५

१६ मंसिर, दोलखा–
दोलखा बिगु २ आरोङकी ३० बर्षीया सुष्मा तामाङ तीन दिनदेखि बेपत्ता भएकी छिन् । 

परिवारका सदस्यका अनुसार उनी विहीबारदेखि बेपत्ता भएकी हुन् । 

आरोङस्थित माईती गएर चरिकोटस्थित डेरा आईपुगेकी उनी एकाएक सम्पर्कविहीन भएको परिवारका सदस्य हेमा लामाले बताईन् । 

माईतीबाट चरिकोट फर्केर डेरा पुगिछिन् । केही सामग्री पनि लगेको पाईयो । तर, उनी कहाँ गईन् केही पत्तो लाग्न सकेको छैन । 

तीन दिनदेखी उनको मोबाईल फोन पनि स्विच अफ छ, हेमाले भनिन् । 

परिवारका सदस्यका अनुसार सुष्माका दुई छोरा छन् । उनको श्रीमान चरिकोटमै सामान्य व्यवसाय गरी बस्छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।