आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बैंकिङ प्रणालीमा चार अर्ब ३० करोड रुपैंयाँ संस्थागत निक्षेप राख्दै राष्ट्र बैंक

आइतबार, बैशाख २ २०८१

काठमाडौ – नेपाल राष्ट्र बैंकले चार अर्ब ३० करोड रुपैंयाँ संस्थागत निक्षेप राख्नको लागि प्रस्ताव आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार उपदान तथा पेन्सन कोषमा रहेको रकम एक सय ८७ दिने मुद्धती निक्षेपकोरुपमा २०८१ बैशाख ११ गतेदेखि २०८१ कात्र्तिक १० गतेसम्मको लागि लगानी गर्न लागिएको हो ।

लगानी गरिने कुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि तीन अर्ब ४४ करोड, विकास बैंकहरुको लागि ६४ करोड ५० लाख र फाईनान्स कम्पनीहरुको लागि २१ करोड ५० लाख रुपैंयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुक तथा फाईनान्स कम्पनीहरुले यही बैशाख चार गतेसम्म नेपाल राष्ट्र बैंकमा आफुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने राष्ट्र बैकको भनाई छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने शर्तहरु तोकिएका छन् ।