आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

गरिमा विकास बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत ढकालको विदाई नवनियुक्त प्रमुख कार्यकारी अधिकृत उपाध्यायद्धारा पद तथा गोपनियताको सपथ ग्रहण

आइतबार, बैशाख २ २०८१

गरिमा विकास बैंक लिमिटेडले शनिवारका दिन विकास बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालको विदाई तथा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम काठमाण्डौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा एक विशेष समारोह आयोजना गरी सम्पन्न गरेको छ ।

उक्त समारोहमा विकास बैंकको सञ्चालक समितिका पदाधिकारीहरु, पुर्व अध्यक्षहरु, गरिमा म्युचुअल फण्डका कोष सुपरिवेक्षकहरु, सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेडका अध्यक्ष, सञ्चालक समिति सदस्य र प्रमुख कार्यकारी अधिकृत, विकास बैंकमा व्यवस्थापन तहमा कार्यरत पदाधिकारीहरु तथा अन्य कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।

बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा समाप्त हुने भएसंगै विकास बैंकको मिति २०८० चैत्र १४ गते सम्पन्न सञ्चालक समितिको ३०४ औं बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत माधव प्रसाद उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

पद तथा गोपनियताको समथ ग्रहण पश्चात बोल्दै नवनियुक्त प्रमुख कार्यकारी अधिकृत उपाध्यायले विकास बैंकमा कार्यरत सशक्त युवा जनशक्ति मार्फत संस्थागत सुशासन र अनुपालनालाई पहिलो प्राथमिकतामा राखी विकास बैकलाई थप उचाईमा पु¥याउने तथा सदैव उत्कृष्ट प्रतिफल प्रदान गर्नमा केन्द्रीत रहने प्रतिवद्धता व्यक्त गरे । त्यसैगरी निवर्तमान प्रमुख कार्यकारी अधिकृत ढकालले विगत १५ वर्षभन्दा बढी समय विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेकोमा सञ्चालक समतिप्रति कृतज्ञता व्यक्त गरे ।

कार्यक्रममा विकास बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालले विकास बैंकलाई यो उचाईसम्म पु¥याउनका लागि निवर्तमान प्रमुख कार्यकारी अधिकृतले खेलेको महत्वपूर्ण भुमिकाको प्रशंसा गर्नुहुदै नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा विकास बैंक आगामी दिनमा सम्पूर्ण परिसूचकमा थप सबल र उत्कृष्ट हुने अपेक्षा रहेको बताए ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

Respected Sir/Madam,

Namaskar !

 

I have attached herewith the press release regarding farewell of former CEO of Garima Bikas Bank Limited Mr. Govinda Prasad Dhakal and oath-taking of newly appointed CEO Mr. Madhav Prasad Upadhaya. We will be pleased if you could publish/broadcast this news from your reputed Media.

 

Regards,

 

Laxmi Prasad Paudel

Garima Bikas Bank Limited

Head Office-Lazimpat, Kathmandu.

 

Garima Bikas Bank <garimabank2020@gmail.com>  
to: departmentdrm@gmail.com