काठमाडौं मंसिर, १२–
म्याक्स मनी प्रक्ररणमा हिमालयन बैंकको जीत भएको छ । हिमालयन बैंकको रेमिट्यान्स भुक्तानी सम्वन्धी विवाद प्रकरणमा मुुछिएको म्याक्स मनीको कारोबारमा राष्ट्र बैंकले प्रतिवन्ध लगाएपछि हिमालयन बैंकले जीत हात पारेको हो ।
राष्ट्र बैंकका अनुसार रेमिटेन्स कारोबार सम्वन्धी बक्यौता रकम भुक्तानी नगरेको हुुनाले अर्को सूचना जारी नभएसम्मको लागि म्याक्स मनी मलेसियाको कारोबारमा प्रतिवन्ध लगाईएको हो । विदेशी बिनिमय नियमित गर्ने ऐन २०१९ को दफा १२ ले दिएको अधिकार अनुुसार म्याक्स मनीको कारोबारमा प्रतिवन्ध लगाईएको हो ।