प्रभु बैंकले धार्मिकस्थल कागबेनीमा कागबेनी मन्दिर श्राद्धस्थल व्यवस्थापन समितिलाई क्यूआर स्ट्यान्ड उपलब्ध गराएको छ । नगदरहित कारोबारलाई जोड दिएको बैंकले कागबेनीमा भक्तजनहरुको सहजीकरणका तथा सुविधाका लागि क्यूआर स्ट्यान्ड उपलब्ध गराएको हो ।
बडा दशैँ र चैतेदशैँअघिको सोह्रश्राद्घ तथा औँसी तिथिमा दिवंगत आफन्तहरुको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनी नेपाल र भारतबाट करिब ११ हजार जनाभन्दा बढी भक्तजनहरुको यो क्षेत्रमा आवागमन हुने गरेको छ । पिण्डदान गर्दा दिवंगत भएकाहरुले मुक्ति पाउने धार्मिक विश्वास छ । हिमाल पारिको जिल्ला मुस्ताङको विभिन्न गाउँपालिकाहरुमा ७ वटा मात्र शाखा कार्यालयमार्फत सम्पूर्ण बैँकिङ्ग सेवा उपलब्ध गराईरहेको प्रभु बैँक, मुस्ताङ जिल्लाको वित्तीय पहुँचका लागि सारथि बन्ने गरेको मुस्ताङबासीहरु बताउँछन् ।
मुस्ताङ जिल्लाको समुन्नत आर्थिक विकास तथा समृद्धिका लागि प्रभु बैँकले वित्तीय सेवा मात्र नभएर वित्तीय सचेतना तथा समाजिक उत्तरदायित्व निर्वाहमा समेत विशेष ध्यान दिएको प्रभु बैँकको गण्डकी प्रदेश कार्यालयले जनाएको छ । प्रभु बैंकका नेपालभर ३०१ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर छन् ।