बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिभिल बैंक डुबाएका गुरुङले व्यवस्थापनको जिम्मेवारी पाएसँगै धराशायी बन्दै कृषि विकास बैंक

भित्र–भित्रै खोक्रो बन्दै छ तपाई हाम्रो घरआँगनको बैंक, कृषि विकास बैंक !

मंगलबार, चैत्र २७ २०८०

काठमाडौं । सम्पूर्ण बैंकिङ सुविधासहितको तपाई हाम्रो घरआँगनको बैंक, कृषि विकास बैंक, यो सरकारी स्वामित्वको कृषि विकास बैंकको व्यावसायीक नारा हो ।

सात वटा प्रदेशका ७७ वटै जिल्लामा यो बैंकको शाखा रहेको छ । यस अर्थमा दुर दराजका सामान्य भन्दा सामान्य व्यक्ति पनि कृषि विकास बैंकमा ग्राहक रहेका छन् । आफुले घाँसदाउरा, घर गोठ, कुटो कोदालो गरेर खाईनखाई गरेर जोगाएको केही पैसा भविष्यको लागि भन्दै यही बैंकमा राखेका छन् ।

यस अर्थमा कृषि बिकास बैंक आम नेपाली जनताको सुख दुखको साथी पनि हो, यसमा कसैको दुई मत छैन र हुने पनि छैन ।

तर पछिल्लो समय कृषि बिकास बैंकको व्यवस्थापन प्रमुखको रुपमा गलत व्यक्तिले जिम्मेवारी पाएका छन् ।

योग्यता र क्षमता भन्दा पनि पैसाको बिटो बुझाएर तपाई हाम्रो घरआगँनको बैंकको प्रमुख कार्यकारी अधिकृत अर्थात सिईओ बन्न पुगेका गोविन्द गुरुङको रवैया, स्वैच्छाचारी कार्यशैली, स्वार्थलिप्त कार्यले गर्दा तपाई हाम्रो सुखदुखको साथी कृषि बिकास बैंक होला नहोला भन्ने अवस्थासम्म पुग्न सक्ने खतरा देखिएको छ ।

बैंकको सञ्चालक समितिले गत फागुन पहिलो साता गुरुङलाई आगामी ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । यसअघि  मेघामा चिफ कर्पोरेट बैंकिङबाट विदा भएका गुरुङ सिभिल बैंकमा डेपुटी सीईओ भएका थिए ।

लमजुङको मर्स्याङ्दी ८ भंगेरीमा जन्मिएका गुरुङ नेपाली बैंकिङ क्षेत्रमा त्यही व्यक्ति हुन् जसले सिभिल बैंक डुबाए, सिभिल बैंकका तत्कालीन अध्यक्षसमेत रहेका घरजग्गा व्यवसायी इच्छाराज गुरुङलाई सहकारी प्रकरणसँग जोडेर जेलको चिसो खोरमा सडाए । वास्तवमा गुरुङ इच्छाराज तामाङले आफ्नो सम्पति व्यवस्थापन गर्न बनाएका तत्कालीन सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत हुन् । तर उनैले तामाङलाई जेल पुर्याए । यसमा केही कमजोरी बैंकका अध्यक्ष तामाङको होला तर धेरै गल्ती व्यवस्थापन प्रमुखको नाताले सिभिलका तत्कालीन प्रमुख कार्यकारी अधिकृत गुरुङको रहेको थियो । बैंकलाई टाट पल्टाएपछि गुरुङ सिभिल बैकबाट बाहिरीएर म्यानमारको याङुनमा रहेको म्यानमार सिटिजन्स बैंकको सीईओमा नियुक्त भएका थिए । त्यहाँ उनले एक वर्ष छ महिना काम गरे । यसरी बाहिरको एउटा सामान्य बैंकको सिईओ बनेका गुरुङ त्यहाँ काम गर्न नसकेपछि त्यहाँको काम छोेडेर केही पैसाको बिटो बोकेर नेपाल फर्किएर कृषि बिकास बैंकको सिईओ बन्न सफल भए । गुरुङ सिईओ बनेपछि कृषि विकास बैंकको अवस्था धरासायी बन्दै गएको छ ।

यता गुरुङले नैं धरासायी बनाएको तत्कालीन सिभिल बैंक भने मर्जरमा सामेल गराएको हिमालयन बैंकलाई घाँडो भएको छ । सिभिल बैंकले दिएका अधिकाँश कर्जा उठ्नै नसक्ने अवस्थामा रहेका छन् । यि कर्जाहरु गुरुङ प्रमुख कार्यकारी अधिकृत भएकै समयमा दिईएको थियो । रविन्द्रमान मल्ल सञ्चालक रहेको काठमाडौंको होटल ल्याण्डमार्कमा गुरुङले करौडौं रुपैंयाँ कर्जा दिएका थिए । उक्त कर्जाको सावाँ व्याज अहिलेसम्म उठ्न सकेको छैंन ।

यी, यस्तै कर्जा काण्डले गर्दा तत्कालीन सिभिल बैंक डुबेको हो । अहिले उनै गुरुङ दोस्रो इनिङमा तपाई हाम्रो घरआँगनको बैंक कृषि बिकास बैंक डुबाउन गलत बद्नियतका साथ काम गरिरहेका छन् ।