बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आइएमई लाइफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाईं नियुक्त

सोमबार, चैत्र २६ २०८०

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाईं नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको १८८औँ बैठकले उनलाई नियुक्ति गर्ने निर्णय गरेको हो ।

चौलागाईंलाई प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले कार्यालयमा स्वागत गर्दै आइतबार पदभार ग्रहण गराए ।

जीवन बीमा पेशामा १८ वर्षदेखि सकृय चौलागाई यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा चिफ बिजनेश अफिसरको रुपमा कार्यरत थिए ।

चौलागाईले आइएमई लाईफको व्यवसायीक सदस्य टोलीमा सहभागि हुन पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा परम्परागत वितरण माध्यम साथै आधुनिक वितरण च्यानलमार्फत् समेत बीमा सेवामा सहज पहुँचका लागि योजना सहित अघि बढ्ने बताए । कम्पनीको सेवालाई अझै बीमित केन्द्रित भएर नौलो बीमा उत्पादन ल्याउने उनको भनाइ थियो ।

उनीसँग पुनर्बीमा विभाग, अनुसन्धान तथा विकास विभाग, बजार व्यवस्थापन विभागको जिम्मेवारीमा कार्य गरेको अनुभव छ।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका चौलागाईंसँग सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडमा पुनर्बिमा विभाग, अनुसन्धान तथा विकास विभाग, बजार व्यवस्थापन विभाग र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा प्रदेश प्रमुख तथा शाखा प्रमुख भई काम गरेको अनुभव छ ।

उनले प्राइम लाइफ इन्स्योरेन्समा शाखा प्रबन्धकको जिम्मेवारीबाट बीमा क्षेत्रमा जागिरे जीवन शुरु गरेका थिए। प्राइम लाइफमा उनी क्षेत्रिय प्रबन्धक पदको जिम्मेवारीमा थिए । त्यसपछि उनी सानिमा लाइफ इन्स्योरेन्समा आबद्ध भएका थिए ।