बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

बेहेस पार्ने सुई लगाएर निर्मलाका बुबालाई काठमाडौं ल्याइँदै

आइतबार, मंसिर ९ २०७५

महेन्द्रनगर मंसिर, ९–
मानसिक अवस्था बिग्रिदै गएपछि निर्मला पन्तका बुबा यज्ञराजको  उपचारका लागि काठमाडौँ लगिएको छ ।

धनगढी विमानस्थल पु¥यइएका पन्तले एक्कासी रुने, हास्ने, बर्वराउने, गाली गलौज गर्ने, ढुङगामुडा गर्न थालेपछि विमानमा काठमाडौँ लैजाने नसकिएपछि सेती अञ्चल अस्पताल ल्याईएको थियो ।

उनलाई सेती अञ्चल अस्पतालबाट निजि गाडीमा काठमाण्डौ लगिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठको समवन्यमा प्रहरी साहायक निरिक्षक दिपक धामीको नेत्रित्वमा ३ जनाको प्रहरी टोली पनि यज्ञराजसंग पठाईएको छ ।

सेती अञ्चल अस्पतालमा सामान्य उपचार पछि यज्ञराजसंगै स्वास्थ्य कर्मी सुनिल वि।क पनि काठमाडौँ गएका छन । बुद्ध एयरबाट काठमाण्डौँ लग्नका लागी कञ्चनपुर जिल्ला प्रसाशन कार्यालयले टिकाट काटेको भएपपनी यज्ञराजले हास्ने, बर्वराउने, गाली गलौज गर्ने, ढुङगामुडा गर्न थालेपछि बुद्ध एयरले लग्न नमानेपछि सेती अस्पताल ल्याइएकोे थियो ।

सेती अञ्चल अस्पतालमा बेहेस गर्ने सुई लगाएपछि यज्ञराजलाई निजि स्कारपियोबाट काठमाण्डौँ लगिएको हो । प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्ट, मुख्यमन्त्रीका स्वकिय सचिव सिब वली सहितको टोलीले यज्ञराज पन्तलाई काठमाण्डौँ लैजान सहयोग गरेका थिए ।