महालक्ष्मी विकास बैंक र एन आई सी एशिया क्यापिटल लि. बीच बैंकका ग्राहकहरुको व्यवस्थित लगानी योजनामा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ । एन आई सी एशिया क्यापिटल लि. द्धारा सञ्चालित खुलामुखी योजना – एन आई सी एशिया डाईनामिक डेप्ट फण्डको महालक्ष्मी विकास बैंकले वितरण एजेण्टको रुपमा कार्य गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
महालक्ष्मी विकास बैंकको शाखा सञ्जालहरुको अधिकतम उपयोग गरी लगानीका अवसरहरुको थप विस्तार तथा विविधिकरण हुने लक्ष्य यो समझदारीबाट लिइएको छ । देशभर रहेका लगानीकर्ताहरुको एन. आइ.सी एसिया डाईनामिक डेप्ट फण्डमा सहज पहुँच भई वित्तीय समावेशीता तथा वित्तीय सशक्तीकरणको माध्यमबाट समग्र वित्तीय क्षेत्रमा योगदान पुग्ने विश्वास समेत लिइएको छ । हाललाई यो सेवा बैंकको दरबारमार्ग शाखामार्फत र क्रमश देशभरका शाखा कार्यालयहरु मार्फत प्रदान गरिने छ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेकाछन् । साथै मिति २०८०÷०९÷२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।
Dear Sir/Madam,
Greetings !!
Please find the attached press release regarding MoU Between MLBL & NIC ASIA Capital. Requesting to publish the news in your esteem media and send us the link .
Regards,
Basundhara Bhandari
Deposit Marketing and Corporate Communication Department
Head Office
Mahalaxmi Bikas Bank Limited
Annapurna Arcade Durbarmarg, Kathmandu
Ph: +977-01-5368719 (Ext.177)
| basundhara.bhandari <basundhara.bhandari@mahalaxmibank.com.np> | |
| to: | marketing <marketing@mahalaxmibank.com.np> |
| date: | Apr 2, 2024, 11:29 AM |
| subject: | Press release regarding MoU Between MLBL & NIC ASIA Capital |
| mailed-by: | mahalaxmibank.com.np |
| signed-by: | mahalaxmibank.com.np |