बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

तिलोत्तमा नगरपालिका ७ का वडाध्यक्षद्वारा पदबाट राजीनामा

बिहिबार, मंसिर ६ २०७५

बुटवल मंसिर, ६–
रुपन्देहीको तिलोत्तमा नगरपालिका ७ का वडाअध्यक्षले पदबाट राजीनामा दिएका छन् । वडाअध्यक्ष दुर्गाप्रसाद पाण्डेले इमेलमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

पाण्डेले  बुधबार बसेको नगर कार्यपालिकाको बैठकमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई जग्गा दिने बिषयमा निणर्य गर्दा अस्पतालले माग गरे अनुसार १० बिघा भन्दा आधा कम ५ बिघा जग्गा दिनुपर्ने प्रस्ताव राखेका थिए ।

उनको कुरा बैठकमा सुनुवाइ नभएपछि पाण्डेले निणर्यप्रति असहमति जनाउदै राजीनामा दिएका हुन् । आफूलाई सहयोग गर्ने नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित नगरपालिकाका सबै कार्यपालिका सदस्य र कर्मचारीहरुलाई धन्यवाद दिएका छन् ।

उनले आफ्नो परिवारसहित मुम्बई भ्रमणमा जान लागेकोसमेत इमेलमा लेखेका छन् ।