बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एभरेष्ट बेैंकद्घारा ग्लोवल मनी वीक–२०२४ कार्यक्रम सम्पन्न

बिहिबार, चैत्र १५ २०८०

 

नेपाल राष्टबेैंक को संयोेजनमा बिगत वर्षहरmजस्तै यस वर्ष पनी एभरेष्ट बेैंकले यही चैत पाँच गतेदेखि सप्ताव्यापी अभियान अन्तर्गत ग्लोवल मनी वीक–२०२४ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल÷क्याम्पसहरmमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विधार्थीहरmमा वित्तीय शिक्षाको महत्व जागरण गराएको बैंकले जानकारी दिएको छ । प्रोटेक्ट योर मनी, सेक्युअर योर फ्युचर भन्ने नाराका साथ सम्पन्न गरिएको उक्त कार्यक्रममा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहररुले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा सचेतना गराइयो थियो ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६४ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।