काठमाडौं कात्तिक, २९–
विशेष अदालतले १ लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ परेका नेपाल प्रहरीका डीएसपी श्यामकुमार राईलाई छाड्न आदेश दिएको छ ।
बिहीबार अदालतले राईलाई घुस बराबरको रकम धरौटीमा लिएर छाड्ने आदेश दिएको हो ।
गत २० असोजमा महानगरीय प्रहरी वृत्त, बौद्धका तत्कालिन प्रमुख राई बालुवा व्यवसायीसँग व्यापार चौपट पारिदिने धम्की दिएर सेवाग्राहीसँग रकम असुली गर्दै गर्दा कार्यालयबाटै पक्राउ परेका थिए ।
न्यायाधीशहरु द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले उनलाई छाड्ने आदेश दिएको अदालत स्रोतले जनाएको छ ।