काठमाडौं कात्तिक, २९–
शनिबार दिउँसो २ बजे नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्नेभएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो ।
बैठकमा नेपाल विद्यार्थी संघको विवादबारे छलफल हुने कांग्रेसका नेताहरुले बताएका छन् ।
नेवि संघको वर्तमान कार्यसमितिको २ वर्षे कार्यकाल सकिएपछि मंसिर २ गतेसम्म महाधिवेशन गर्न भनिएको थियो । तर, यो पटक पनि अधिवेशन हुन सकेन । बरु यो बीचमा पार्टी नेतृत्वले एकपक्षीय रुपमा ३२ वर्षे उमेर हद लगाउने एउटा धाराबारे छलफल गराएपछि विवाद बढेको छ ।
अबको बैठकमा फेरि म्याद थप्ने वा वर्तमान कार्यसमिति भंग गर्ने विकल्पबारे छलफल हुनेछ ।