बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

विवादास्पद पप्पु कन्स्ट्रक्सन जोडिएपछि राष्ट्र बैंक पुननिर्माण अलपत्र

बिहिबार, कार्तिक २९ २०७५

२९ कात्तिक, काठमाडौं–
ठेकेदार टुंगो नलाग्दा नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन पुननिर्माण योजना रोकिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

प्राप्त बोलपत्रमध्ये सबभन्दा कम रकम कबुल्ने पप्पु कन्स्ट्रक्सन प्रालि विवादमा तानिएपछि थप निर्णय हुन सकेको छैन ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणअन्तर्गतको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाले ठेक्का टुंग्याउन नसकेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई जिम्मा लगाएको थियो । कार्यालयसमेत एक महिनाभन्दा बढी समयदेखि अनिर्णीत छ ।