काठमाडौं, कार्तिक २७
नेप्सेले आज मंगलबार भने छलाङ मारेको छ । नेप्से आज १३ दसमलव ९७ अंकले बढेर १२ सय सात दसमलव ३१ अंकमा पुुग्दा सेन्सिटिभ तीन दसमलव ३१ अंकले बढेर दुई सय ५६ दसमलव ८७ अंकमा पुुगेको छ । आज एक सय ५० कम्पनीहरुको दुई हजार सात सय ६९ वटा कारोवारमा छ लाख ५५ हजार पाँच सय ९७ कित्ता सेयर किनबेच भएकाछन भने कारोवार रकम १७ करोड ४१ लाख ५५ हजार तीन सय ९० रुपैयाँ पुुगेको छ ।
आज नौ वटा समुहको कारोवार भएकोमा आठ वटा समुहले कमाउँदा फाइनान्स समुहको सुचक भने घटेको छ । बाँणिज्य बैंक समुहको सुचक १४ दसमलव ६९ अंकले बढेर एक हजार ६१ दसमलव ८५ अंकमा पुुगेको छ भने सेयर कारोवार रकम आठ करोड ५५ लाख ३८ हजार छ सय रुपैयाँ पुुगेको छ । बिकास बैंक समुहको सुचक पनि १२ दसमलव ५९ अंकले बढेर १४ सय ८० दसमलव ७४ अंकमा पुुगेको छ भने सेयर कारोवार रकम तीन करोड दुुई लाख ६१ हजार सात सय रुपैयाँ पुुगेको छ । जलबिद्युुत समुहको सुचक पनि शुुन्य दसमलव २८ अंकले बढेर १२ सय ७० दसमलव ७४ अंकमा पुुगेको छ भने सेयर कारोवार रकम एक करोड ९८ लाख ११ हजार चार सय रुपैयाँ पुुगेको छ । निर्जिवन बीमा, लघुबित्त, जीवन बीमा, होटल र अन्य समुहको सुचक पनि आज उच्च अंकले बढेकाछन ।
कमाउने कम्पनीहरुको सुचीमा आज उन्नती माईक्रो फाईनान्स, आरम्भ माईक्रो फाईनान्स आदि परेकाछन भने गुुमाउने कम्पनीहरुको सुचीमा एनएमबी माईक्रो फाइनान्स बित्तीय संस्था, हिमालयन पावर पार्टनर आदि परेकाछन । यसैगरी रकम कारोवारका आधारमा भने आज प्रभुु बैंक, मेगा बैंक, एनआईसी एशिया बैंक आदि परेकाछन ।