बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कांग्रेसको चियापानमा चिया, समोसा र निम्की खाएपछि निशुःल्क स्वास्थ्य जाँच

शुक्रबार, कार्तिक १६ २०७५

काठमाडौं कात्तिक, १६–
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा चियापान कार्यक्रम आयोजना गरेको छ । उक्त  चियापान कार्यक्रममा  विभिन्न दलका नेता तथा पदाधिकारीहरु पुगेका छन् ।

पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, नेकपाका नेता वामदेव गौतम, भारतीय राजदूत मञ्जिवसिंह पुरीलगायतका पाहुनाहरु पुगेका छन् । चियापानका निम्तालुलाई कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधिलगायतका नेताहरुले स्वागत गरेका छन् ।

शुक्तबार आयोजित चियापानमा चिया, समोसा र निम्की राखिएको छ । चियापान कार्यक्रमसँगै कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित चियापान समारोहमा कांग्रेस समर्थक स्वास्थ्यकर्मीहरुले स्वास्थ्य जाँच गरेका हुन् । नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पताल इकाइ समितिले चियापानमा आएकाहरुको स्वास्थ्य जाँच गरेका हुन् ।

उनीहरुले रक्तचाप परीक्षण गर्ने, सामान्य घाउ चोटपटकको ड्रेसिङ गर्ने र औषधि दिने गरेका छन् ।

नेपालीहरुको ठूलो पर्व दशैं,तिहार र छठपर्वको अवसरमा आयोजना गरिएको उक्त चियापान कार्यक्रम पूर्व निर्धारित कार्यक्रमभन्दा केही पछि सारिएको थियो ।

कोजाग्रत पूर्णिमाका दिन गर्ने गरे पनि कांग्रेसले यसवर्ष नेता चक्रप्रसाद वास्तोलाका निधनको शोकका कारण केही दिनपछि सारेर शुक्रबार गरेको हो ।