बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कतारमा आयोजित रात्रिभोजमा राष्ट्रपति भण्डारी सहभागी

मंगलबार, कार्तिक १३ २०७५

कतार–
 राष्ट्रपति विद्यादेवी भण्डारी कतारस्थित नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक भएकी छन् । 

कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीको स्वागतमा रात्रिभोजको आयोजना गरेका हुन् । 

मित्रराष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबारदेखि कतार भ्रमणमा छिन् । 

यसअघि राष्ट्रपति भण्डारीले सोमबार (हिजो) दोहास्थित “बलद्ना फुडइन्डष्ट्रिज”को अवलोकन भ्रमण गरेकी छन् । 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपति कार्यालयका विज्ञ माधव शर्मा, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी लगायत भ्रमणदलका सदस्य समेत रात्रिभोजमा सहभागी थिए । रासस