काठमाडौं कात्तिक, ११–
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई आफूहरुले नै चियापानमा नआउँन सुझाव दिएको बताएका छन् । आईतबार भरतपुर महानगरपालिकामा आयोजित आयोजनाहरुको घोषणा कार्यक्रममा अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् । उनले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समस्या आएको बताए ।
अध्यक्ष प्रचण्डले भने, ‘शनिवार नेकपाको चियापानमा हामीले नै प्रधानमन्त्री ओलीलाई नआउँन भनेका हौं, धुलो धुवाले थप समस्या ल्याउन सक्छ भनेर’
चियापान सकिएलगत्तै आफू प्रधानमन्त्री ओलीलाई भेट्न गएको उनको भनाइ छ ।
प्रचण्डले चितवनको कार्यक्रमबारे प्रधानमन्त्री ओलीसँग छलफल भएको भन्दै सीटि हल निर्माण र क्रिकेट मैदानबारे गहन छलफल भएको बताए ।