शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नामिबियाविरुद्ध नेपाल १६८ रनमा अलआउट

बुधबार, फाल्गुन ९ २०८०

काठमाडौं। विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नामिबियाविरुद्धको दोश्रो खेलमा नेपालले एक सय ६९ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३७.१ ओभरमा १६८ रन बनाउँदै अलआउट हुन पुग्यो ।

नेपालका लागि आशिफ शेखले ५८ रन बनाए । कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन जोडे ।

नेपालका तीन खेलाडी कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्य रनमै आउट भए ।

नामिबियाका लागि बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि-इटनले ४/४ विकेट र ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एक/एक विकेट लिए ।