काठमाडौं असोज, २६–
केही दिनदेखि निकै तातेको वामदेव गौतम र काठमाडौं ७ को चर्चा विस्तारै मथ्थर हुँदै गैरहेको छ । त्यई भएर होला नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले ‘प्रचण्ड’ले पनि रामवीर मानन्धरको राजीनामा र वामदेव गौतम काठमाडौं–७ बाट चुनाव लड्ने लफडा सकिएको प्रतिक्रिया दिएका छन् ।
शुक्रबार कागेश्वरी मनहरा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वामदेव आफैंले चुनाव नलड्ने बताएको समेत खुलासा गरे ।
प्रचण्डले भने, ‘रामवीरको राजीनामा र वामदेव चुनाव लड्ने कुरा सकियो अब। यसमा केही टेन्सन लिनुपर्दैन ।’ उनले थपे, ‘हिजो वामदेवजीले चुनाव लड्दिनँ भनिसक्नुभयो। यो लफडा सकियो। हामी अब देश विकासमा लाग्छौं।’
यसअघि बर्दिया–१ बाट पराजित नेकपा नेता वामदेव गौतमलाई संसदमा ल्याउन भन्दै काठमाडौं–७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले पदबाट राजीनामा घोषणा गरेका थिए। पार्टीभित्र र बाहिरबाट उप(चुनावको चर्को आलोचना भएपछि वामदेव चुनाव लड्ने निर्णयबाट पछि हटेका थिए।