बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सिंहदरबारमा सांसदहरूको गुनासोः हामीलाई पैसा पुगेन

मंगलबार, असोज २३ २०७५

२३ असोज, काठमाडौं– सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली, २०७५ प्रकाशन गरेको छ ।

जेष्ठ १५ गते अर्थमन्त्री डा। युवराज खतिवडाले घोषणा गर्नुभएको आर्थिक वर्ष २०७५/०७६ को बजेटमा नै प्रत्येक क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभाका सांसदले ४ करोड रुपिँया पाउने उल्लेख गरिएको थियो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

रकम व्यवस्थित ढंगले वितरण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज १७ गते राजपत्रमा सूचना प्रकाशित गरी मापदण्ड सार्वजनिक गरेको हो ।

संविधानसभाका समानुपातिक सांसदलाई पनि यसअघि ५० लाख रुपिँया दिइएको थियो, जुन रकम सांसदले आफूलाई मन लागेको ठाउँमा जहाँ पनि खर्च गर्न र योजना छान्न पाउँथे । प्रत्यक्ष निर्वाचित सांसदले ५० लाखबाहेक थप ३ करोड पाउने गरेका थिए । उक्त रकम पनि बिकास निर्माणकै लागि भनेर दिइएको थियो ।

अहिलेको कार्यविधिले प्रत्येक क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभाका सांसदले ४ करोड रुपिँया पाएका छन् भने समानुपातिक सांसदलाई रकम दिइएको छैन ।

आर्थिक कार्यविधि ऐन, २०५५ को दफा ३६ ले दिएको अधिकार प्रयोग गरी सरकारले यो नियम बनाएको जनाएको छ । कार्यक्रमको कार्यान्वयन र व्यवस्थापन कार्यलाई समन्वय र सहजीकरण गर्न संविधानको धारा ८४ को उपधारा (१) बमोजिम प्रत्येक निर्वाचन क्षेत्रमा कार्यक्रम परामर्श समिति गठन हुनेछ । थोरैमा ५० लाख रुपिँया विनियोजन गर्न कम्तीमा २ वटा आयोजना छनौट गर्नुपर्नेछ ।

१० लाख रुपिँयाभन्दा कम रकमको आयोजना छनौट गर्न पाइँदैन । समितिमा निर्वाचित सांसद संयोजक, प्रतिनिधिसभाका समानुपातिक सांसद, राष्ट्रिय सभाका निर्वाचित र मनोनित सांसद, सम्बन्धित क्षेत्रका निर्वाचित र समानुपातिक प्रदेश सभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र नगरपालिकाका प्रमुख सदस्य रहने छन् ।