बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

हेटौंडा एकेडेमीद्वारा दशैँको शुभकामना तथा प्रभातफेरी कार्यक्रम सम्पन्न

शनिबार, असोज २० २०७५

हेटौंडा असोज, २०–
नजिकिदैँ गरेको हिन्दुहरुको महान चाड बिजयादशमिको अवसर पारेर  हेटौंडा एकेडेमीले शुभकामना तथा  प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । एकेडेमीले हरेक बर्ष यस्तै कार्यक्रम गर्दै आएको छ ।  एकेडेमीले सदाझैं  यो बर्ष पनि  बुद्धचोकबाट  सुमार्गी कम्लेक्ससम्म र्याली गरेको थियो । र्यालीमा व्यवसायी तथा विद्यालय व्यवस्थापन  समितिका अध्यक्ष अरुणराज सुमार्गी , सन्चालक अङ्किता सुमार्गी , स्काउट ग्रुप , एनसिसी ग्रुप, विद्यालयका  शिक्षक तथा बिद्यार्थीहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिनाकुमारी लामाले हेटौंडा एकेडेमीले मकवानपुरलाई शैक्षिक हबको रुपमा चिनाउन सफल भएको बताईन् ।   हेटौंडा एकेडेमीको २१ औ अभिभावक भेलामा बोल्दै  उपप्रमुख लामाले हेटौंडा एकेडेमीले बाललमैत्री  विद्यालय संचालन गरेकोमा धन्यावाद व्यक्त गरिन् । 
उनले राज्यले नीति बनाएर हरेक नागरिकलाई शिक्षित बनाउनुपर्नेमा धेरै त्रुटि भएको भन्दै त्यसमा संस्थागत विद्यालयले भूमिका खेल्नुपर्नेमा जोड दिईन् । सोही कार्यक्रममा हेटौंडा एकेडेमी सञ्चालन समितीका अध्यक्ष तथा व्यवसायी  अरुणराज सुमार्गीले आफूहरु हेटौंडा एकेडेमीलाई विश्वविद्यालय  बनाउने योजनामा लागेको बताए । उनले मकवानपुरका विधार्थीलाई मकवानपुरमै शान्त र शैक्षिक वातावरणमा पढ्ने व्यवस्था मिलाउन  हेटौंडा एकेडेमी निरन्तर लागिरहेको बताए ।  सुमार्गीले यस विद्यालयले मकवानपुरलाई शैक्षिक हवको रुपमा चिनाउने  दाबी समेत गरे । कार्यक्रममा हेटौंडा एकेडेमीकी सञ्चालिका अंङकिता सुमार्गी , हेटौडा उपमहानरपालिका वडा नम्बर १ वडा अध्यक्ष सबिन न्यौपाने , प्याब्सन मकवानपुरका अध्यक्ष मदनकुमार दाहाल, शिक्षा इकाइका कृष्ण प्रसाद घिमिरे, विद्यालयका प्रधानध्यापक श्रीबहादुर कार्की , विद्यालयका शिक्षक , विधार्थी तथा अभिाभावकहरुको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले  नाटक , गीत तथा नृत्य समेत प्रस्तुत गरेर सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।