काठमाडौं असोज, १७–
अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से बुुधबार पुुन घटेको छ । नेप्से आज १० दशमलव ७६ अंकले घटेर १२ सय ३० दशमलव ६० अंकमा पुुगेको छ भने सेन्सिटिभ दुुई दशमलव ३९ अंकले घटेर दुुई सय ६१ दशमलव छ अंकमा पुुगेको छ । आज एक सय ६५ कम्पनीहरुको चार हजार सात सय ३८ वटा कारोबारमा १४ लाख ३६ हजार पाँच सय १२ कित्ता सेयर किनबेच भएकाछन् भने कारोबार रकम ३७ करोड ४० लाख ४९ हजार आठ सय ७५ रुपैयाँ पुुगेको छ ।
आज ११ वटा समुहको कारोबार भएकोमा नौ वटा समुहको सुचक घट्दा होटल र ट्रेडिङ समुहको सुचक बढेकाछन् । वाणिज्य बैक समुहको सुचक १० दशमलव १२ अंकले घटेर एक हजार ८१ दशमलव ४२ अंंकमा पुुगेको छ भने सेयर कारोवार रकम २३ करोड ४७ लाख ८३ हजार रुपैयाँ पुुगेको छ । बिकास बैक समुहको सुचक पनि आज ११ दशमलव ५२ अंंकले घटेर १४ सय ८० दशमलव २८ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम दुुई करोड १९ लाख ४३ हजार एक सय रुपैयाँ पुुगेको छ । आज जीवन बीमा समुहको सुचक पनि ३७ दशमलव ४५ अंकले घटेर पाँच हजार पाँच सय ७५ दशमलव १४ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम दुुर्ई करोड ६५ लाख ९५ हजार चार सय रुपैयाँ पुुगेको छ ।
जलबिद्युुत, निर्जिवन बीमा, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सुचक पनि आज घटेकाछन् । आज कमाउने र गुुमाउने कम्पनीहरु भने यस्ता रहेकाछन् ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार मुल्य आजको बढेको मुल्य
१ नाडेप लघुबित्त बित्तीय संस्था ११२० ९.९१
२ समता माईक्रो फाईनान्स १३५० ७.३४
३ गुुर्खाज फाईनान्स ११२ ३.७०
४ मितेरी डेभलपमेन्ट बैक ३०४ ३.४०
५ बिशाल बजार कम्पनी १७९० २.८७
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार मुल्य आजको घटेको मुल्य
१ नेपाल हाईड्रो डेभलपर कम्पनी १३९ ५.४४
२ मेरो माईक्रो फाईनान्स १०८४ ५.०७
३ सिन्धुु बिकास बैंक १२० ४.७६
४ महुुली सामुुदायिक लघुुबित्त संस्था २३६५ ३.८६
५ गरिमा बिकास बैंक १७४ ३.३३