बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

ज्योति मगर नाच्दा स्टेज नै भ्वाङ

मंगलबार, पुष २४ २०८०

काठमाडौं । यतिबेला कलाकार ज्योति मगरको एउटा स्टेज पफर्मेन्स भाइरल बनेको छ ।

इलामको माइ नगरपालिकामा आयोजित १३ कुने सिमसार महोत्सवमा भएको घटना सामाजिक संजालमा यतिबेला भाइरल बनेको हो ।

गायिका ज्योति मगर गीत गाउँदै नाच्ने क्रममा उफ्रँदा भ्वाङ परेर त्यसमा खसेको भिडियो भाइरल बनेको हो । ज्योति खसेपछि उनी स्टेजमा ढलेको दृश्य भिडियोमा देखिन्छ ।

ज्योति खाल्डोमा खस्ने वित्तिकै सहयोगी आएर उठाएको दृश्य देखिन्छ ।

यो घटनालाई लिएर सामाजिक संजाल प्रयोगकर्ताले आयोजकप्रति आक्रोश पोखिरहेका छन् । आयोजकले कमसल स्टेज बनाउँदा घटना भएको भन्दै उनीहरुले कार्वाहीको माग समेत गरेका छन् ।

यो घटनालाई लिएर सामाजिक संजाल प्रयोगकर्ताले आयोजकप्रति आक्रोश पोखिरहेका छन् । आयोजकले कमसल स्टेज बनाउँदा घटना भएको भन्दै टिप्पणी भइरहेको छ ।

ज्योतिले यतिबेला विभिन्न जिल्लामा आयोजित मेला महोत्सवमा सांगीतिक प्रस्तुति दिइरहेकी छन् ।