बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

चाडबाडले यसरी जुराउदैछ घर जाने साइत

शुक्रबार, असोज १२ २०७५

१२ असोज, काठमाडौं–गत वर्ष तिहार मनाएर भारत चन्डीगढ गएका दाङको दंगीशरण गाउँपालिका–१, मलईका दिलबहादुर थापा पनि सपरिवार दसैँ मनाउन घर फर्किंदै गर्दा जमुनाहामा भेटिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

उनले दसैँ नजिकिएपछि कर्मथलोमा बस्न मन नलागेपछि तत्काल बिदा मिलाएर घर फर्किएको बताए । ‘अघिपछि जन्मथलोभन्दा कर्मथलोको माया लागे पनि चाडबाड नजिकिएपछि त्यहाँ बस्नै सकेनौँ,’ उनले भने ।

बनगाड कुपिण्डे नगरपालिका, सल्यानका द्रोण बुढाथोकी पनि दसैँ मनाउन घर फर्किएका छन् । हिमाञ्चल प्रदेशको सिमलामा काम गर्दै आएका उनी दसैँ र तिहार मनाउन मात्र नेपाल फर्किएको बताउँछन् ।

नेपालमा काम गरेर खाने वातावरण नभएकाले भारत जाने गरेको बताउँदै उनले तिहारलगत्तै फेरि भारत फर्किने बताए । ‘काम गरेर खाने वातावरण भएको भए आफ्नै देशमा मिहिनेत गरेर खाइन्थ्यो, राज्यले हामीजस्ता युवालाई बिदेसिन बाध्य पारेको छ,’ उनले भने ।