बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी गोदावरी सिफारिस

मंगलबार, असोज ९ २०७५

काठमाडौं असोज, ९–
प्रदेश नम्बर ७ को स्थायी राजधानी र नामाङ्कनका पेश भएको छ ।  प्रदेश सभामा राजधानी र नामाङ्कनका लागि गठित विशेष सुझाव समितिको प्रतिवेदन  पेश गरिएको हो । 
सासंद तारा लामा तामाङको नेतृत्वमा गठन भएको संसदीय समितीले तयार पारेको प्रतिवेदन प्रदेश सभामा पेश गरिएको हो। संसदीय समितीले प्रदेशको राजधानी गोदावरी नगरपालिका वडा नम्वर ४ तेघरी र नाम सुदूरपश्चिम राख्न सुझाव दिएको छ।

भदौ ५ गते संसदीय समितीले सभामुख अर्जुनबहादुर थापालाई प्रतिवेदन पेश गरेपनि झण्डै एक महिनापछि संसदमा प्रतिवेदन पेश गरिएको हो।

प्रदेश सभामा पेश भएको २४ घण्टा पछि मात्र प्रदेश सभामा प्रतिवेदनमाथिको छलफल शुरु हुने छ। प्रदेश सभाका सदस्यहरुले राजधानी र नामाङ्कनका लागि थप प्रस्ताव तथा संशोधन हाल्न पाउने छन्।