बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

उपरथी पदमा बढुवा भएका भण्डारी र भट्टले पाए दर्ज्यानी चिन्ह

सोमबार, असोज ८ २०७५

काठमाडौं असोज, ८–
उपरथी पदमा बढुवा भएका रघु भण्डारी र  नरेश चन्द्र भट्टलाई प्रधानसेनापछि पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।   गत असोज ०५ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार उनीहरु दुबैजना उपरथी पदमा बढुवा भएका थिए । 
यसअघि भण्डारी कल्याणकारी योजना निर्देशनालयका सहायक रथी थिए भने भट्ट रणनीति तथा दीर्घकालिन योजना निर्देशनालयका सहायक रथी थिए । 

आइतबार उनीहरु दुबैलाई  जंगी अड्डामा आयोजित एक बिशेष समारोहका बीच प्रधानसेनापति थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।  

दर्ज्यानी चिन्हसँगै भण्डारी संभाररथीेको कार्यालय र भट्ट व्यवस्था नीति तथा योजना महानिर्देशनालयको महानिर्देशकमा सरुवा नियुक्ति हुनु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।